महासंघले समस्या देखाएर मात्र हुँदैन, समाधान पनि दिन सक्नुपर्छ-शिव घिमिरे

  २०७३ चैत २८ गते १७:१९     विकासन्युज

शिवप्रसाद घिमिरे, बस्तुगततर्फका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बन्न यसअघि म दुई पटक चुनाबमा उठे । एक पटक बराबर मत आयो, चिठ्ठामा मैले हारेँ । एक पटक १ मत कम भएर हारेँ । अहिले तेस्रो पटक चुनाव उठ्दैछु ।

सम्भव भएसम्म घर वा अफिसमा भेटेर, सम्भव नभएको अवस्थामा फोनबाट ९९ वटै बस्तुगत संघका अध्यक्षहरुलाई भेटेको छु । सबैले भोट दिन्छु भन्नुभएको छ । बस्तुगतमा १४ जनालाई भोट दिन पाइन्छ, १४ मध्ये एउटा तपाई छुटाउँदिन भनेर सबैले भन्नुभएको छ । ‘तपाईलाई दिन नमिल्ने भयो कसैले पनि भनेका छैनन् ।’

बस्तुगत संघ भनेको विषयगत विज्ञहरुले नेतृत्व गरेका संस्था हुन् । यस क्षेत्रको मतदाताले मलाई, म संलग्न पेट्रोलियम व्यवसायको महत्वलाई बुझेका छन् । सवा खर्ब पेट्रोलियम पदार्थको आयात हुन्छ, यसको महत्व सबैले बुझेका छन् र यो क्षेत्रलाई उपेक्षा गरिदैन भन्ने मलाई लाग्छ । कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युत लगायत क्षेत्रमा म संलग्न छु र म आफै संलग्न बस्तुगत संघ नै १५ वटा छन् ।

महासंघ भनेको सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने संस्था हो । आर्थिक समृद्धिको लागि राज्यतर्फबाट नीतिगत रुपमा धेरै काम गर्नुपर्छ । महासंघको सचिवालयले दिने सेवा प्रर्याप्त छैन । महासंघमा सदस्यता नपाएका संस्थाहरु पनि धेरै छन् । समस्या पहिल्याउनु एउटा पाटो हो, समस्या समाधान तर्फ काम गर्नु अर्को पाटो हो । महासंघले समस्या चित्रण गर्दै आएको छ तर समाधान दिन सकेको छैन । हामीले विज्ञहरुको सहयोगमा समाधान दिनुपर्छ । हरेक क्षेत्रमा कलेक्टिभ लेबीमा क्षेत्रगत विज्ञ राखेर योजनावद्ध रुपमा धेरै काम गर्न सकिन्छ । यसले लगानीकर्तालाई धेरै राहात मिल्ने छ ।

कुरामा मात्र आर्थिक क्रान्तिका गरेर हुँदैन, काम गर्नुपर्छ । राजनीतिक नेतालाई मात्र गाली गरेर हुँदैन । आफूले आफ्ना लागि मात्र काम गरेर हँदैन । सामूहिक हितको काम गर्न, लगानीमैत्री नीति निर्माणमा सहयोग गर्न महासंघले धेरै काम गर्नसक्छ । मुलुकको लागि राम्रो काम गर्न चाहानेको लागि महासंघ धेरै राम्रो प्लेटफर्म हो ।

हाम्रो टिम पनि राम्रो छ । किशोर प्रधान महासंघमा लामो समय काम गरेर खारिएको उद्यमी हुनुहुन्छ, बस्तुगतर्फ शंकर पाण्डे सिनियर व्यक्तित्व, निर्यातको क्षेत्रमा धेरै काम गरेको व्यक्ति हुनुहुन्छ । निर्माण क्षेत्रमा सफल व्यवसायी सकुन्तलाल हिराचत, अर्थतन्त्र धानेको बैदेशिक रोजगार व्यवसायी, कृषि, उर्जा, सञ्चार क्षेत्रका साथीहरु हाम्रो टिममा छ । विश्वास छ, मलगायत हाम्रो टिमले निर्वाचन जित्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.