उद्योग वाणिज्य महासंघको साधारणसभा शुरु, भोली निर्वाचन

  २०७३ चैत २८ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघले आफ्नौं ५१औं वार्षिक साधारणसभा तथा निर्वाचनमा भाग लिन देशभरको उद्योगी व्यवसायीका नेताहरु राजधानी काठमाडौंमा भेला भएको छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको साधारणसभामा महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ तथा एशोसिएट सदस्यका प्रतिनिधिको रुपमा एक हजार भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका छन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीति परिवर्तनपछि आर्थिक परिपर्तन शुरु भएको बताए । चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी रहने प्रष्ट देखिएको चर्चा गर्दै आगामी दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताए ।

उच्चदरको आर्थिक वृद्धिका लागि सरकार र नीति क्षेत्रबीच समन्वय र सहकार्य गरिने बताउँदै सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने बताए । निजी क्षेत्रको स्वदेशी तथा विदेशी लगानी वृद्धिले मात्र दुई अंकको आर्थिक वृद्धि हुने उनले बताए ।

उनले संघीयता र संविधानको कार्यान्वयनमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । संघीयतामा दोहोर करको भार पर्छ कि भन्ने चिन्त नगर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले महासंघको अध्यक्षमा महिला नेतृत्व आएको भन्दै खुसी व्यक्त गरे । राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायतका महत्वपूणं पदमा महिला नेतृत्व समालेको बेला निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको अध्यक्षमा पनि महिला नेतृत्व आउनुले नेपाली महिलासँग नेतृत्व क्षमता छ पुष्टी भएको उनले बताए ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रको एकतामा जोड दिए । महासंघले आज उद्योग दिवस बनाउँदै वार्षिक साधारणसभाको सबै काम सम्मन्न गर्दैछ भने भोली नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ ।

महासंघले ५१ औं स्थापना दिवसको अवसरमा महासंघमा पूर्व विनोद चौधरीलाई विशेष सम्मान गरेको छ । सचिवलय सुधारमा महत्वपूर्ण काम गरेको भन्दै चौधरीलाई सम्मान गरेको हो । चौधरी अध्यक्ष भएको बेलामा नेपाल उद्योग वाणिज्य महासंघको मुख्यालय भवन बनेको थियो ।

दोस्रो कार्यकालको लागि निर्वाचनमा पराजित भएपछि चौधरी महासंघको गतिविधिमा सहभागी हुन छाडेका थिए । उनको नेतृत्वमा नेपाल उद्योग परिसंघ स्थापना भएपछि महासंघ र परिसंघबीच लामो समय कुटुतापूर्ण सम्बन्ध भएको थियो ।

महासंघले विभिन्न क्षेत्रमा सफल व्यवसायीहरु विरेन्द्र बहादुर बस्नेत, कैलाश सिरोहिया, कर्ण शाक्य,  हिमालयन शमशेर राणा, रुद्रराज पाण्डे, स्वः रामलाल गोल्छा, स्वः लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै, सेवातर्फ महत्वपूर्ण योगदान गरेबाफत कुलमान घिसिङ, अनुराधा कोइराला, सन्दुक रोइत, सुरेशराज शर्मालाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.