नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ, ढुवानी भाडाका नाममा अधिक लाभ लिँदै व्यापारी

  २०७३ चैत २८ गते ७:२४     विकासन्युज

रुकुम । नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् ।

सिस्नेमा पाँच गाउँ भएपनि ठाउँअनुसार नुनको मूल्य फरक फरक छ । ती गाउँहरुमा नुनको मूल्य ४५, ५०, ५५ र ६० रुपैयाँ छ ।

भौगोलिक विकटताले सडकको पहुँच नहुँदा ढुवानी भाडा महँगो पर्ने भएकाले नुनको मूल्य महँगो पर्न गएको व्यापारीहरु बताउँछन् । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.