नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सन्तोष श्रेष्ठको उम्मेदवारी

  २०७३ चैत २७ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिय रुपमा संलग्न छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र शसक्त रुपमा अघि बढाउन पहल गर्ने उद्देश्य अनुरुप उनले उम्मेदवारी दर्ता गरेका बताएका छन् ।

नेपाली उत्पादनको बजारिकरण र औद्योगिक विकासको लागि संचार माध्यम र विज्ञापनको ठूलो भुमिका हुने र त्यसको लागि आफुले महासंघ भित्र रहेर सक्दो पहल गर्ने उनले बताएका छन् । विशेषगरी विज्ञापन र मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले संघमा रहेर पनि थुप्रै सुधारका कामहरु गरिसकेका छन् ।
सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बागमती सफाइ अभियानमा पनि एक मूख्य अभियन्ता हुन् । चार वर्षदेखि बागमती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय रहेका छन् । बागमती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग राम्रो सम्बन्ध छ । नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्न सक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघ भित्र रहेर व्यवसायी मैत्री ऐन नियम निर्माणका लागि सक्दो पहल गर्ने बताए ।

कुनै पनि क्षेत्रमा व्यक्ति होइन संस्था बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने श्रेष्ठले महासंघमा पुगेपछि आफ्नो समय व्यवसायी मैत्री वातावरण र व्यवसायी हकहितमै लगाउने जानकारी दिए । ‘महासंघ वलियो भएमात्र त्यसभित्र आवद्ध व्यवसायीहरु सुरक्षित र सक्षम हुने हुन्,’ उनले भने, ‘महासंघमा पुगेपछि मेरो मुख्य भुमिका भनेकै महासंघ सुदृढिकरण र व्यवसायी मैत्री ऐन नियम तर्जुमा गर्न सरकारसँग पहल गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.