संसारकै सबैभन्दा महंगा लिपस्टिक

  २०७३ चैत २४ गते १४:४३     विकासन्युज

नयाँ दिल्ली । 

सबैभन्दा महंगो र सस्तो वस्तुमा हाम्रो चासो रहने गरेको छ । धेरैलाई संसारका सबैभन्दा महंगो लिपस्टिकको बारेमा थाहा नहुनपनि सक्छ । यस्ता लिपस्टिकहरु विशेषगरि गूणस्तर र मूल्यका आधारमा चिनिन्छन् ।

 

एच. कोटर ब्युटी डायमण्ड लिपस्टिक

 

भन्ने गरिन्छ यो लिपस्टिक किन्ने चाहना धेरैको हुन्छ तर यसको मूल्य सुनेपछि कतिको मुड परिवर्तन भएको छ । यो लिपस्टिक आउने बाकस नै पूर्णरुपमा हिराले बनेको हुन्छ । यसमा १२०० पिंक डायमण्ड लगाइएको हुन्छ । यो लिपस्टिकको मूल्य करिब एक लाख ४० हजार भारतिय रुपैयाँ पर्न आउछ । अब कुरा आउनसक्छ – यसलाई किन्ने कसले ?

 

गार्लियन किसकिस गोल्ड एण्ड डायमण्ड लिपस्टिक

यो लिपस्टिक सानदार बाकसमा करीब १५ सेड्समा आउछ । यसको बाकस शुद्ध सुनले बनेको हुन्छ र यसमा हिरा जडान गरिएको हुन्छ । यो बाकसको डिजाइनमा ११० ग्रामको १८ क्यारेट सुन र १९९ क्यारेट हिराको प्रयोगभएको पाइन्छ । यसको मूल्य करीब ४० लाख (भारु) छ ।

 

 

 

 

सिस्ले हाइड्रेटिङ लङ लास्टिङ लिपस्टिक 

निकै गुणवान, सानदार रङ  र टेक्सचरको साथ आउने यो लिपस्टिकमा भिटामिन सी, ई र कैलेन्डुला युक्त हुन्छ ।। यसको मूल्य तीन हजार नौ सय भारु रहेको छ ।

 

ला प्रेरी सेलुलर लक्स लिपस्टिक

यो ननस्टिकी (चिपचिपाहट रहित) र लङलास्टिङ लिपस्टक हो । यो लिमिटिड एडिसन रङमा पाइन्छ । यसको कभर सुनले बनेको हुन्छ । यसको मूल्य तीन हजार पाँच सय ८० भारु रहेको छ ।

गार्लियन रग जी जेवेल लिपस्टिक कम्प्याक्ट

यो लक्जरी लिपस्टिक सुर्ख रातो रङमा पाइन्छ । यसलाई स्वस्थ र सुरक्षित ओठका लागि प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार तीन सय २० भारु रहेको छ ।

कानेबो सेन्साइ इन्टेन्स लास्टिङ लिपस्टिक

महंगो लिपस्टिकमा यसको नाम पनि प्रख्यात छ । यसमा भिटामिन र प्रोटिन पाइन्छ । जसले ओठको सौम्यतालाई कायम राख्न मद्दत गर्छ । यसको मूल्य दुई हजार ६ सय भारु रहेको छ ।

गिभेन्सी ले रोज रोज ड्रेसिङ लिपस्टिक

उच्च गूणस्तरको यो लिपस्टिक छालाको खोलमा प्याक गरिएको छ । यो जस्तो रातो रंगको लिपस्टिक सायद नै पाइन्छ । यसको मूल्य दुई हजार तीन सय ४३ भारु रहेको छ ।

क्रस्टियन डायर रोज नम्बर ९९९ लिपस्टिक

यो लिपस्टिकको सानदार प्याकेजिङले यसलाई सबैभन्दा महंगो लिपस्टिकको रुपमा परिचित बनाएको छ । यो ३२ सेड्समा आउनेगरेको छ । यसको मूल्य दुई हजार दुई सय १३ भारु रहेको छ ।

डोल्स एण्ड गब्बाना मोनिका भोल्युप्टस लिपस्टिक

इटालियन ब्राण्डको यो लिपस्टिक तमाम आकर्षक फिचरका साथ आउने गरेको छ । बजारमा यो ब्राण्ड खासमा कस्मेटिक प्रडक्ट्सको रुपमा परिचित छ । यसको मूल्य करीब दुई हजार दुई सय भारु रहेको छ ।

इस्टि लाउडर प्योर कलर इन्भी स्कल्पटिङ लिपस्टिक

भिटामिनयुक्त यो लिपस्टिकमा मुड बदल्नसम्मको क्षमता रहेको कम्पनीको दाबी छ । यसको मूल्य एक हजार नौसय भारु रहेको छ ।

नभभारतटाइम्सको अनलाइन संस्करणबाट भावानूवाद गरिएको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.