विद्यालयको शुल्क ३६ सय मात्रै लिन पाउने, विद्यालयले भने चर्को शुल्क अशुली

  २०७३ चैत २४ गते ७:४८     विकासन्युज

काठमाडौं । शिक्षा कार्यालय काठमाडौंले अधिकतम ३ हजार ६ सय रुपैयाँ मात्र लिन पाउने गरी विद्यालय शुल्कको सीमा तोकेको छ । विद्यालयले पनि शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ ।

भर्ना, मासिक बार्षिक र वर्षभरी गरिने अन्य विविध कार्यक्रममा लाग्ने शुल्क मात्रै लिन पाइन्छ । त्यसका लागि विद्यालय बर्गीकरणसमेत गरेको जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले बताए ।

उनका अनुसार शुल्क अनुगमन समितिले ३ महिना अगाडि काठमाडौंका आधारभूत र माध्यामिक तहका विद्यालाईलाई ४ श्रेणीमा वर्गीकरण गरी शुल्क निर्धारणको सीमा तोकेको थियो ।

आचार्यका अनुसार कक्ष १ देखि ५ सम्म घ वर्षेले १ हजार १८१, ग ले १ हजार ६७१, ख ले १ हजार ९६९ र क वर्गले बढीमा २ हजार ३६३ लिन पाउने छ । तर सरकारी निर्देशमै विद्यालय चलेका छैनन । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.