संसारको सबैभन्दा महंगो हिराको लिलामी, बढी मूल्यमा बिकेका पाँच बहुमुल्य रत्न

  २०७३ चैत २३ गते १४:५०     विकासन्युज

बिबिसी । भर्खरै हङकङमा एउटा दुर्लभ हिराको ७.१ करोड अमेरिकी डलर मूल्यमा लिलामी भएको छ । हिरासम्बन्धी बिक्रीमा यो नयाँ विश्व रेकर्ड कायम भइको छ ।

‘पिंक स्टार’ नाम दिइएको अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको छ । सन् २०१३ मा बिक्रीका लागि ल्याइएको यो हिरालाई खरीदकर्ताले किन्न मानेनन् ।

यसभन्दा पहिले महंगोमा बिक्री भएका पाँच हिरा गहना यस्ता छन् :

ओपनहाइमर ब्लू

 

सन् २०१६को मे महिनामा ओपनहाइमर ब्लू नामको हिरा ५.०६ अमेरिकी डलरमा किम्री भएको थियो । १४.६२ क्यारेटको यो हिरालाई जेनेभाको क्रिस्टी अक्सन हाउसले फोनको माध्यमबाट लिलाम गरेको थियो । हिराको खरीदकर्ताबारे भने कुनै जानकारी पाइएको छैन ।

ब्लू मून

सन् २०१५ को नोभेम्बर महिनातिर एउटा औठीमा प्रयोग गरिएको १२.०३ क्यारेटको ब्लू मून हिराको लिलामी भएको थियो । हङकङका व्यपसायी जोसेफ लूले यसको लागि ४.८४ करोड डलर दिएका थिए ।  उनले आफ्नी सात वर्षकी छोरीकालागि त्यो हिरा किनेका थिए र त्यसलाई उनले ‘ब्लू मून अफ जोसेफाइन’ नाम दिएका थिए ।

सनराइज रुबी

गाढा रातो रंगको २५.५९ क्यारेटको सनराईज रुबी नामको पत्थरलाई एक व्यक्तीलाई तीन करोड अमेरिकी डलर तिरेर किनेका थिए । सन् २०१५ मा सबैभन्दा महंगोमा बिकेको हिरापछि यो सबैभन्दा महंगो पत्थर थियो ।

नारंगी हिरा

सन् २०१३को नोभेम्बरतिर क्रिस्टी अक्सन हाउसले संसारकै सबैभन्दा ठूलो हिराको लिलामी गरेको थियो । त्यस समयमा प्रति क्यारेटमा यो हिरा सबैभन्दा बढी मूल्यमा बिक्री

ग्राफ पिंक

२७.७८ क्यारेटको यो चमकदार गुलाबी रंगको हिरालाई अहिलेसम्म भेटिएका ठूला हिराहरुमा लिइन्छ । यसको लिलामट्ठ ४.६२ करोड डलरमा भएको थियो । सन् २०१०को नोभेम्बरतिर यो हिराको बिक्रीलाई सबैभन्दा महंगो मानिएको थियो । यसलाई ब्रिटानी डिलर लरेन्स ग्राफले किनेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.