घरजग्गा मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उल्घाटन गर्ने

  २०७३ चैत २२ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ देखि २८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना गर्ने घर जग्गा मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् ।

संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति भण्डारीले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको हो ।

संघका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले चैत २८ गते नेपालमै पहिलो पटक हाउजिङ समिटको पनि आयोजना गरिएको जानकारी दिए ।

घर जग्गा मेलामा १२० वटा स्टल मार्फत आधुनिक तथा व्यवस्थित घर, अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्रीको प्रदर्शनी गरिनेछ ।

फर्निचर, पाइप, सेनेटरी वेयर्स, पेन्ट्स, वास्तुकला तथा घर सजावटका समानहरुको पनि स्टल रहनेछ । मेलामा एक लाख २० हजार भन्दा धेरै भिजिटर्स आउने अपेक्षा गरिएको मेला संयोजक विपिन चित्रकारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.