फास्टट्रयाक बनाउन नेपाली सेनाकाे विशेष संयन्त्र, सेनालार्इ व्यवस्थाकीय जिम्मा

  २०७३ चैत २२ गते ९:१६     विकासन्युज

काठमाडौं । नेपाली सेनाले फास्टट्रयाक बनाउने जिम्मा लिएको छ । सेनाले सोमबार पत्र पठाएरै फास्टट्रयाक बनाउन विशेष संयन्त्र बनाउने र व्यवस्थापकीय जिम्म लिने विषयमा सहमति दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टले बताए ।

उनका अनुसार सेनाले औपचारिक रुपमा यो मार्ग बनाउने जिम्म लिाएको छ । सरकारको यस अघि नै यो मार्ग निर्माण नेपाल सरकार आफै बनाउने निर्णय गरेको थियो ।

रक्षा मन्त्रालयले फास्टट्रयाक बनाउने व्यवस्थापनको जिम्मेवारी दिन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई औपचारी पत्र पठाएको उल्लेख छ ।

चैत १७ गते भौतिक मन्त्रालयले फास्टट्रयाक निर्माणको कार्य गर्ने जिम्मा नेपाली सेनालाई दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार गर्दै रक्षा मन्त्रालयले आज व्यवस्थापनको जिम्मा दिने आग्रह गरेको भट्टले जानकारी गराए ।

उनका अनुसार रक्षा मन्त्रालयले व्यवस्थापनको जिम्मा लिइसकेपछि त्यसका लागि फास्टट्रयाक व्यवस्थापन विशेष संयन्त्र गठन गरी त्यसको अनुगमन गर्नेछ । ७६ किमीको यो सडक बनेपछि काठमाडौं तराई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.