ग्लोबल आइएमई बैंकको १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित

  २०७३ चैत २१ गते १७:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ दशमलब ७६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

१५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड रुपैयाँ पुगेकोे छ । हालसम्म बैंकले ८७ अर्ब रुपैयाँ निक्षेप र ७२ अर्ब रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।

साथै, सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसरिया निर्विरोधरुपमा निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरजकुमार श्रेष्ठ संचालकमा निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

हाल बैंकको ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.