फष्ट माइक्रोफाइनान्सले पायो ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

  २०७३ चैत १७ गते १४:१४     विकासन्युज

काठमाडौं । फष्ट माइक्रोफाइनान्सले ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न फाइनान्सलाई अनुमति दिएको हो ।

बैंकले १०० अंकित मूल्यको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले सो मात्राको हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकमा नियूक्त गरेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ हुने छ । बिहीबार फाइनान्सको सेयर प्रतिकित्ता १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.