सेयर बजारमा उतारचढाव, नेप्से २२ अंकले घट्दा २ अर्ब ५४ करोडको सेयर कारोबार

  २०७३ चैत १६ गते १५:४१     विकासन्युज

काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । मंगलबार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक २२ दशमलब ३३ अंकले ओरालो लागेर १५८८ अंकमा झरेको छ । बजार खुलेको केही समयमै बढेर १६४३ अंकमा पुगेको परिसूचक करिब एक घण्टामै घटेर १५९५ अंकमा झरेको थियो । त्यस्तै, करिब साढे १२ बजेतिर बढेर १६३५ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा भने निरन्तर ओरालो लागेर १५८८ अंकमा अडेको छ ।

बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने सुधार नै भएको छ । सो दिन २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १६ करोड ७१ लाख रुपैयाँले बढी हो । मंगलबार एक अर्ब ३८ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । बुधबार १४९ कम्पनीको ५० लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले ओरालो लागेको बजारमा ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १५२ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ७३, ६६, २० रु १६ अंकले ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.