१४० कम्पनीको सेयर मूल्यमा वृद्धि, २० कम्पनीका लगानीकर्ताले कमाए करिब १० प्रतिशत

  २०७३ चैत १३ गते १८:३८     विकासन्युज

काठमाडौं । आइतबार मात्रै १४० वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन जम्मा १४३ कम्पनीको सेयर कारोबार भएको थियो, जसमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

आइतबार कमाउने १४० वटा कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत कमाउनेमा हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले रहेका छन् । सो दिनको बजारमा यी तीन कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५०६, १३४२ र २४२० रुपैयाँ रहेको छ ।

त्यस्तै, आइतबार कमाउने मध्ये १७ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कृषि विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल ग्रामीण विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, एनबी इन्स्योरेन्स लगायत अन्य १२ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

९ प्रतिशतमाथि कमाउने २० कम्पनी:

४७ अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा करिब ३.६१ अंकको प्रतिशतको गिरावट भएको छ । त्यस्तै, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको सेयर मूल्यमा क्रमशः १.९८ र १.९६ प्रतिशतको गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.