उपत्यका बाहिरका तीन जिल्लामा पहिलो पटक सेयर कारोबार, कँहा कँहा भयो?

  २०७३ चैत १३ गते १६:१२     विकासन्युज

काठमाडौं । आइतबार उपत्यका बाहिरका तीन जिल्लामा पहिलो पटक सेयर कारोबार भएको छ । सो दिन नेपालगन्ज, बनेपा र बिर्तामोडमा पहिलोपटक सेयर किनबेच भएको छ ।

नेप्सेको निर्देशनअनुसार आजदेखि उपत्यका बाहिर पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका हुन् । नयाँ व्यवस्था भएसँगै नेपालगन्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका छन् ।

हालसम्म उपत्यका बाहिर कालिका सेक्युरिटिज, क्रिष्टल कञ्चनजङ्गा, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सानी सेक्युरिटिजले कारोबार शुरु गरेका छन् ।

आइतबारसम्म उपत्यका बाहिरमात्रै ६ स्थानमा सेयर कारोबार शुरु भएको छ । नेपालगन्ज, बनेपा र बिर्तामोडमा आजदेखि सेयर कारोबार शुरु भएको हो भने नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै कारोबार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.