नेप्से परिसूचक ४७ अंकले बढ्यो, एक अर्ब ७६ करोडको सेयर कारोबार

  २०७३ चैत १३ गते १५:३१     विकासन्युज

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन नेप्से परिसूचक ४७ दशमलब ७९ अंकले उकालो लागेर १५३३ दशमलब ८३ अंकमा पुगेको छ । कारोबार शुरु भएको करिब ३ घण्टाको अवधिमा परिसूचक ६० अंकले बढेर १५४६ अंकमा पुगेको थियो । तर बन्द हुँदा भने परिसूचकमा सामान्य अंकको गिरावट आएको छ ।

भारी अंकले बढेको बजारमा कारोबार रकम पनि सुधार आएको छ । एकै दिनको बजारमा १ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४३ कम्पनीको ३६ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको एकै दिन १९ करोड २८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको ९ करोड र नेशनल हाइड्रो पावर कम्पनीको ८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यी दुई संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३७६ र १५५ रुपैयाँ रहेको छ ।

कुल १४३ कम्पनीको कारोबार भएको बजारमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ भने बाँकी तीन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको क्रमशः ३.६, १.९८ र १.९५ अंकले सेयर मूल्यमा गिरावट आएको छ ।

आइतबार कारोबार भएका सात समूह परिसूचक:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.