एक हजार पशु चौपायाको निःशुल्क उपचार

  २०७३ चैत १३ गते १४:५३     विकासन्युज

लहान । सिरहाको लहान नगरपालिका-१८ भदैयामा सञ्चालित पशु स्वास्थ्य शिविरमा करिब एक हजारभन्दा बढी पशुचौपायाको निःशुल्क उपचार गरिएको छ ।

वडा कार्यालयको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घद्वारा गत बिहीबारदेखि शनिबारसम्म सञ्चालित उक्त शिविरमा गाईभैँसी, बाख्रालगायत करिब एक हजारभन्दा बढी पशु चौपायाको निःशुल्क उपचार गरिएको कृषक समूह महासङ्घका रामसेवक रामले जानकारी दिए ।

शिविरमा पशु चौपायामा लाग्ने पिपिआर, नाम्ले, जुका, एचएसबीक्युलगायत रोगविरुद्धको खोप लगाउनाको साथै गाई, भैैंसी, बाख्रालगायतमा हुने बाँझोपनको समस्याको समेत उपचार गरिएको रामले बताए । शिविरका क्रममा सरकारले ल्याएको पशु बिमा कार्यक्रमबारे समेत कृषकलाई जानकारी दिइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.