अपडेटः नेप्से परिसूचक ६० अंकले उकालो, एक अर्ब माथीको सेयर कारोबार

  २०७३ चैत १३ गते १४:१४     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजारमा उल्लेख्य वृद्धि भइरहेको छ । कारोबार शुरु भएको करिब तीन घन्टामा नेप्से परिसूचक ६० अंकले बढेर १५४६ दशमलब ४८ अंकमा पुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भएको छ ।

सो अवधिसम्म एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । १४१ कम्पनीको २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भइसकेका छन् ।

कारोबार भएका सात वटै समूहको परिसूचक उकालो चढेका छन् । बीमाको मात्रै ३०८ अंकले उकालो लागेको छ भने हाइड्रो समूहको परिसूचक पनि १५५ अंकले उक्लि सकेको छ ।

सो अवधिसम्म ४ वटा कम्पनीको बाहेक अन्य कम्पनीको सेयर मूल्यमा वृद्धि भएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.