साओमीले भित्र्यायो मी नोट २ नेपाली बजारमा, मूल्य ७६ हजार ९९९ रुपैयाँ

  २०७३ चैत ११ गते १६:४०     विकासन्युज

काठमाडौं । शारदा गुप्र अन्तर्गत रहेको साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै मी नोट २ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले असाधारण प्रविधियूक्त भएको मी मिक्स पछिको प्रिमियम फोनको रुपमा मी नोट २ मोबाइल भित्र्याएको बताएको छ ।

विभिन्न विशेषता रहेको यस फोनको अग्रभागको दुई साइडमा कर्भ रहेको छ । यस फोनमा ५.७ इन्च ओएलइडी डिस्प्ले, ६ जिबी र्याम, १२८ जीबी रोम, २२.५६ एमपी रियर र ८ एमपी अटोे फोकस फ्रन्ट क्यामेरा रहेको छ । साथै, ४०७० एमएएच ब्याट्री रहेको छ जसमा चार गुणा चाडो चार्ज हुने क्षमता निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

यस फोनको चैत १० गते बिहीबार देखि १५ गते सम्म बुकिङ खुल्ला गरिएको छ । नेपाली बजारमा यसको मूल्य ७६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, बुकिङ अवधि भर यो फोन किन्ने उपभोक्ताहरुलाई ४ हजार ४९९ रुपैयाँ बराबरको मी ब्राण्ड २ दिने घोषणा गरेकोे कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.