५ जीवन बीमा कम्पनीको बोनस स्वीकृत, कसको कति ?

  २०७३ चैत ११ गते १६:४१     विकासन्युज

काठमाडौं । बीमा समितिले पाँच वटा जीवन बीमा कम्पनीको बोनस दर स्वीकृत गरेको छ । समितिले मेट लाइफ एलिको, नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को बोनस दर
स्वीकृत गरेको हो ।
स्वीकृत दर अनुसार नै ती कम्पनीहरुले आफ्ना विमितहरुलाई बोनस वितरण गर्न पाउनेछन् । समितिका अनुसार मेट लाइफ एलिकोले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट आफ्ना विमितहरुलाई बिभिन्न बीमा योजनामा प्रति हजार ३५ देखि ६० प्रतिशतसम्म बोनस दिन सक्ने
स्वीकृत दिएको छ ।

कम्पनीले एक देखि १५ बर्षसम्मको सावधिक जीवन बीमामा ४० प्रतिशत, १६ देखि २० बर्षे अवधीमा ५० प्रतिशत, २१ बर्ष बढिको अवधीमा ६० प्रतिशत बोनस दिने पाउनेछ । कम्पनीले जीवन बीमालेख योजनामा १ देखि १५ बर्षे योजनामा ३५ प्रतिशत, १६ देखि २० बर्षे अवधीमा ४५ प्रतिशत र २१ बर्ष भन्दा बढि अवधीको योजनाका लागि ५५ प्रतिशत प्रतिहजार लाभांश दिन सक्नेछ । एजुशेन प्रोटेक्सन प्लानको एक बर्षदेखि १५ बर्षे योजनामा ४०, १६ देखि २० बर्षका लागि ५० र २१ देखि बढि अवधीका लागि ६० प्रतिशत बोनस दिन पाउनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमाको ५ देखि १५ बर्षे अवधीका लागि ६५ प्रतिशत, १६ देखि २० बर्षे अवधीका लागि ६५ प्रतिशत नै र २१ देखि २५ बर्षे अवधीको बीमाका लागि ७२ प्रतिशत बोनस दिन सक्नेछ । २६ बर्ष भन्दा बढिको योजनाका लागि भने ८२ प्रतिशतसम्म बोनस दिन पाउनेछ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बाल सावधिक योजनाका लागि ९ बर्षसम्म ३५ प्रतिशत, १० देखि १४ बर्षका लागि पनि ३५ प्रतिशत नै, १५ देखि १९ बर्षका लागि ४५ प्रतिशत,२० देखि २४ बर्षका लागि ५५ प्रतिशत, २५ देखि बढि अवधीका लागि ७० प्रतिशत प्रतिहजारका दरले बोनस दिन सक्नेछ ।

त्यस्तै, साबधिक योजनाको ० देखि ९ बर्षसम्म ३७ प्रतिशत, १०देखि १४ बर्षसम्म ३७ प्रतिशत, १५ देखि १९ बर्षसम्म ४७ प्रतिशत, २० देखि २४ बर्षसम्म ५७ प्रतिशत र २५ वा सो भन्दा माथी ७२ प्रतिशतसम्म बोनस दिनेछ । सावधिक तथा आजिवनको ० देखि ९ बर्षे अवधीमा ४७ प्रतिशत, १० देखि १४ बर्षका लागि ४७ प्रतिशत, १५ देखि १९ बर्षका लागि ५७ प्रतिशत, २० देखि २४ प्रतिशतका लागि ६७ प्रतिशत र २५ वा सो भन्दा माथीका लागि ८२ प्रतिशत बोनस पास भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजनाका लागि ० देखि १४ बर्षे अवधीमा ४१ प्रतिशत, १५ देखि १९ बर्षका लागि ४६ प्रतिशत, २० देखि २४ बर्षका लागि ५१ प्रतिशत र २५ वा सो भन्दा माथिका लागि ७६ प्रतिशत बोनस दिन सक्नेछ ।
आजिवन योजनाका लागि ० देखि १४ बर्षे अवधीमा ४१ प्रतिशत, १५देखि १९ बर्षे अवधीका लागि ४६ प्रतिशत, २० देखि २४ बर्षे अवधीका लागि ५१ प्रतिशत तथा २५ बर्ष वा सो भन्दा माथिका लागि ७६ प्रतिशत बोनस दिन सक्नेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सावधिक बीमा योजना(३३३), जीवन आनन्द बीमा योजना(३४२), बाल सावधिक बीमा योजना(३४९) र जीवन विद्या बीमा योजना(३५२)को ५ देखि १९बर्षे अवधीका लागि ६१ प्रतिशत, २० देखि २४बर्षे अवधीका लागि ६५ प्रतिशत र २५ बर्ष वा सो भन्दा माथिका लागि ७५ प्रतिशत बोनस दिन पाउनेछ ।

धन फिर्ता बीमा योजना, बाल ममता बीमा योजना, बाल स्नेह बीमा योजना, बाल स्नेह बीमा योजना, गृह लक्ष्मी बीमा योजनाको १५ बर्षे अवधीका लागि ६१ प्रतिशत, २० बर्षे अवधीका लागि ६२ प्रतिशत र २५ बर्षे अवधीका लागि ६३ प्रतिशत बोनसले स्विकृति पाएको हो ।आजिवन बीमा योजना अन्तर्गत जीवन तरंग बीमा योजनामा १० बर्षे अवधीका लागि ६१ प्रतिशत, १५ बर्षे अवधीका लागि ६३ प्रतिशत र २० बर्षे अवधीका लागि ७२ प्रतिशत बोनस दिने पाउने अनुमति समितिले दिएको छ ।

यी पाँच वटा कम्पनीमा बिमा गराउने नागरिकलाई कम्पनीले समितिको अनुमति अनुसार नै बोनस वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.