सिद्धार्थ डेभलपमेण्ट बैंकको नयाँ शाखा जनकपुरमा

  २०७३ चैत ११ गते १५:५३     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३६औँ शाखा जनकपुरको धनुषामा स्थापित गरेको छ । उक्त शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर शाह र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले संयुक्त रुपमा गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताएका छन् । समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । नयाँ शाखाको शुभारम्भ सहित बैंकले एटिएम सेवा पनि संग–संगै संचालनमा ल्याएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने बताएका छन् । बैंकले राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने उनले बताए ।

हाल सम्म बैंकले सबै शाखा कार्यालय मार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग  लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एससीटी डेबिट कार्ड,  संचयकोष, स्वेच्छिककोष, उपदानकोष  आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ । यस समुद्घाटन समारोह बैंकका उप–महाप्रवन्धक ध्रुवकुमार पौडेलले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.