अब सेटअप बक्स नराखे टिभी नआउने, डिजिटल टिभीमा प्रति ग्राहकले ३ हजार खर्च अनिवार्य

  २०७३ चैत ११ गते ७:५५     विकासन्युज

काठमाडौं । सरकारले आगामी बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रभित्र संचालन हुने टिभीका लागि अनिवार्य डिजिटलमा जानुपर्ने व्यवस्था गरेको छ । सरकारको यो व्यवस्थाका कारण अब हरके टिभीमा सेटअप बक्स नराखे टिभी नआउने भएको छ ।

यसका लागि हरेक टिभीका ग्राहकले अर्थात एउटा टिभीका लागि एउटा सेटअप बक्स राख्नुपर्ने भएको छ । यो सेटअप वक्स राख्न एक पटक ३ हजार खर्च भने अनिवार्य गर्नुपर्ने छ । त्यसपछि ग्राहकले प्रतिमहिना जतिवटा च्यानलको प्याकेज लिन्छन सोही अनुसार पैसा तिर्नुपर्ने हुन्छ ।

अहिले बजारमा ल्याएका डिसहोम, सुविसु, सीमटिभी, स्काई टिभीका प्याकेज लिँदा ग्राहकले कम्तिमा २५० रुपैयाँको प्याकेज लिन सक्ने सुविसु केवल नेटले जानकारी दिएको छ ।

यो कम्पनीका अनुसार हरेक टिभीमा सेट अप बक्स जोड्न ३ हजार रुपैयाँ खर्च गरेपछि एउटै घर वा परिवारका सदस्यले टिभी हेर्दा भने २५० को प्याकेज लिन सकिन्छ । अन्यथा एउटा टिभीले ५ सय रुपैयाँ मासिक बुझाउनुपर्ने पनि सुविसुको भनाइ छ । यो टिभीले ५ सय रुपैयाँमा १४५ वटा उच्च क्वालीटीको च्यानल दिएको छ । पूर्ण एचडीसहितको सबै प्याकेज लिनेले भने मासिक ९४५ रुपैयाँ तिर्नुपर्ने पनि उल्लेख छ ।

डिसहोको प्याकेज लिनेले पनि कम्तिमा २९२ रुपैयाँको प्याकेज लिन सक्छन् । यो टिभीले भने ६ वर्षदेखि ग्राहकलाई उच्च गुणस्तरको सेवा सहित आकर्षक प्याकेज पनि सार्वजिनक गरिहेको जानकारी छ ।

सरकारले पुरानो प्रविधि अर्थात एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा विस्थापन गरेर डिजिटल प्रणालीमा जाने अनिवार्य व्यवस्था गरेको सुचना तथा संचार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । उनका अनुसार सरकारले प्रविधिको प्रयोग गर्न, ग्राहलाई सेवा दिन र सोही सेवा अनुसारको पैसा पनि लिनुपर्ने भन्दै अन्तर्राष्ट्रिय प्रविधिलाई आत्मसाथ गराएको उनको बुझाई छ ।

उनका अनुसार अहिले महानगर र संघीयता अगाडिका चार वटा उपमहानगरमा मात्रै अनिवार्य गरिएको यो डिजिटल टिभीको व्यवस्था २०७५ बैशाख १५ देखि भने नेपालभर नै अनिवार्य गरिएको छ । सोही अनुसार तयारी भइरहेको पनि उनले बताए । बजारमा प्रतिस्पर्धा हुने, ग्राहकले सेवा राम्रो पाउने र सरकारलाई पनि कर आउने भएकोले डिजिटल नै अनिवार्य गरिएको ढकालले बताए ।

सरकारले गरेको डिजिटल टिभीको व्यवस्था अनुसार सबै केवल अपरेटर्सले आआफ्नो क्षमता विकास गरेर डिजिटलमा जान सुरु गरिसकेको केवल टेलिभिजन महासंघका अध्यक्ष लक्ष्मीनारायाण साहले बताए । उनका अनुसार हाल नेपालमा करिब साढे ४ सय केबल टेलिभिजन अपरेटर्स छन् । यी मध्ये सबै कम्पनीले आफ्नो बजार विस्तारमा कम मुल्यमा सेटअप बक्स दिन, प्याकेज प्रतिस्पर्धी रुपमा सस्तो बनाउने र सेटअप बक्स सित्तैमा दिने सम्मको अभियान चलाएको बताए ।

के हुन्छ डिजिटल टिभीमा
अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल हुने हुनाले डिजिटल टिभीका दर्शकले सफा पिक्चर र गुणस्तरीय ध्वनीमा टिभी हेर्न सक्छन्। यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ, त्यो पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा हुन्छ ।

सामान्य टेलिभिजनमा पनि गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न सकिन्छ । डिजिटल टिभीका लागि टिभी महंगो र भर्खरै किनेको हुनु पर्ने होइन् । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ ।

डिजिटल टिभी सेवा र सुविधाले महंगो नपर्ने
डिजिटलमा जाँदा यसमा हुने सेवा, सुविधा, टिभीको गुणस्तसहितले महंगो पर्देन । अहिलेको परम्परागत शैलीको एनालग प्रविधि भन्दा डिजिटल प्रविधि महंगो छैन ।

डिजिटल प्रविधिमा धेरै सुविधा हुने हुँदा सबै सुविधा लिँदा केही मूल्य बढी पर्ने हो । अहिले केबल अपरेटर र डिजिटल सेवा दिएका कम्पनीहरूको मूल्यमा ठूलो अन्तर छैन ।

केबल अपरेटरहरूले पनि मासिक ३ देखि ४ सय रूपैयाँसम्म लिने गरेका छन् । यो अनुपातमा महंगो लागे २५० को मात्रै प्याकेज लिन पनि सकिन्छ । डिजिटल सेवा दिइरहेका कम्पनीले मासिक ५ सय भन्दा बढी सामान्य प्याकेजमा लिँदैनन् ।

डिजिटल प्रविधिमा ग्राहकले हेर्ने च्यानलहरूको प्याकेज किन्न सक्ने हुँदा केही सस्तो पर्ने गर्छ । अहिले पनि डिजिटल सेवामा ग्राहकले मासिक तीन सय रूपैयाँमा डिजिटल सेवा प्रदायकका सेवा लिइरहेका छन् । एचडी, विभिन्न मुभि प्याकेज जस्ता थप सुिवधा लिए मात्र मूल्य केही बढ्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.