प्रभु बैंकको २ करोड ३५ लाख कित्ता हकप्रद सेयर आउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईडिसी नियुक्त

  २०७३ चैत १० गते २०:०५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निष्काशन गर्न एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गरेको छ । गत पुस ८ गतेको बसेको बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४० प्रतिशत हुने २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार बैंकले हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेयरचन र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.