लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्ने

  २०७३ चैत १० गते १७:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।

बोर्डको अनुमति अनुसार बैंकले ३ करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

हाल बैंकको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ७६४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.