एनआईसी एशिया क्यापिटलले पायो धितोपत्र निक्षेप सेवा प्रदान गर्न अनुमति

  २०७३ चैत १० गते १५:५४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी अनुमति पाएको छ । एनआईसी एशिया क्यापिटललाई सिडिएस एण्ड क्लियरिङ्गले बिहीबारदेखि धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी स्वीकृत दिएको हो ।

एनआईसी एशिया बैंकले विगत दुई बर्ष देखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको छ । एनआईसी एशिया क्यापिटलले बैंकको उक्त सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने बताएको छ । सेवाग्राहीहरुले एनआईसी एशिया क्यापिटलको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल स्थित कार्यालयबाट तथा एन आई सी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.