बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक सामान्य अंकले वृद्धि

  २०७३ चैत १० गते १५:२५     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब एक घण्टामा परिसूचक घटेर १४७० अंकमा झरेको थियो भने त्यसपछिको करिब एक घण्टामा परिसूचक फेरि बढेर १४९५ अंकमा पुगेको थियो । कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य ४ दशमलब ९६ अंकले बढेर १४८६ अंकमा अडेको छ ।

बिहीबारको सेयर बजारमा कारोबार रकममा गिरावट आएको छ । बिहीबार जम्मा एक अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम बुधबारको तुलनामा करिब ४० करोड रुपैयाँ घटी हो । बिहीबार १४३ कम्पनीको १९ लाख ४३ लाख कित्ता सेयर किनबेच भएको छ ।

सो दिन होटल र अन्य समूहको परिसूचक ओरालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । होटल र अन्य समूहको परिसूचक क्रमशः १३ र ५ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी हाइड्रो पावर समूहको परिसूचक ४६ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.