एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले राजीनामा दिए, मर्जपछि कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण

  २०७३ चैत १० गते १४:३२     विकासन्युज

काठमाडौं । एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले दिएको राजीनामा बैंकले स्वीकृति गरेको छ । आफूभन्दा जुनियर रेबन्तकुमार दाहाललाई डेपुटी सीईओमा नियुक्त गरेपछि माघको दोस्रो साता नै खड्काले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

खड्काले नीजि विषय उल्लेख गरेर राजीनामा गरेको र उनको राजीनामा स्वीकृत भएको बैंकका प्रबक्ता तथा डेपुटी सीईओ बन्दना पाठकले बनाइन् । ठूलो संस्थामा कर्मचारी आउने र छोड्ने प्रक्रिया नियमित भएको उनले बताइन् ।

खड्का यसअघि इन्टरनेशनल डेभलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । मर्ज हुनुपूर्व खड्कालाई एनसीसी बैंकमा डेपुटी सीईओ दिने सहमति भएको तर सहमति कार्यान्वयन नभएपछि उनले छोडेको स्रोतले बतायो । मर्जपछि बैंकहरुको कर्मचारी व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण कार्य भएको अनुभवीहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.