इन्नोभेटिभ डेभलपमेन्ट बैंकको साधारणसभा चैत ३१ गते, के के प्रस्ताव लैजाँदै ?

  २०७३ चैत १० गते १३:४१     विकासन्युज

काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंकले आगामी चैत ३१ गते सातौँ साधारणसभा बोलाएको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई २१ दशमलब ७५ प्रतिशत बोनस दिने प्रस्तावलाई बैंकले उक्त सभामा लैजाँदै छ ।

बैंकले गत असार मसान्तको चुक्ता पूँजीको २१ दशमलब ७५ प्रतिशत(अर्थात ६ करोड ३१ करोड रुपैयाँ) बोनस दिन लागेको छ । बैंकको गत असार मसान्तको पूँजी २९ करोड ०५ लाख रुपैयाँ रहेको छ ।

साथै, सभामा यस इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पाप्ति गने बैंकको सञ्चालक समितिको निर्णय पारित गर्ने छ ।

हाल इन्नोभेटिभको चुक्ता पूँजी ३ करोड १७ लाख रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ४१८ रुपैयाँमा काराबार भइरहेको छ ।

त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको पूँजी ३ अर्ब रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ३२८ रुपैयाँमा काराबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.