तीन दलाल कम्पनीलाई शाखा सञ्चालन गर्न नेप्सेले दियो अनुमति, क-कसले पाए ?

  २०७३ चैत ९ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीन सेयर दलाल कम्पनीलाई विस्तारित शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार मात्रै नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई छुट्टा छुट्टै शाखा सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।

आवेदन अनुसार सनि सेक्युरिटिजले नारायणगढ, भिजन सेक्युरिटिजले बनेपा र श्रीहरी सेक्युरिटिजले बिर्तामोडमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएका छन् ।

विस्तारित शाखा कार्यालय सञ्चालनमा ल्याउन नेप्सेले यी तीनै वटा कम्पनीलाई कारोबार लिंक उपलब्ध गराईसकेको छ । साथै, नेप्सेले अनुमति पाएका तीन कम्पनीलाई नयाँ विस्तारित शाखाबाट कारोबार शुरु गरि जतिसक्दो चाँडो लगानीकर्तालाई सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.