इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ९४ शाखाहरुबाट संकलन

  २०७३ चैत ९ गते १६:५८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । बैंकले चैत ९ गतेदेखि चैत १८ गतेसम्म सञ्चालन हुने ८ औँ इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ९४ वटा शाखाहरु मार्फत परिक्षा शुल्क संकलन गरिएको कारण यसवर्ष सेवाग्राहीहरुले लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.