राजधानीमा फेरी थपियो ३२ सिटे ठुलो बस

  २०७३ चैत ९ गते १६:४२     विकासन्युज

काठमाडौं । राजधानीका सडकमा फेरी ३२ सिट क्षमताका ठुला बस थपिएका छन् । गोकर्णेश्वर यातायात प्रालिले ८ मीटर च्यासिसमा आधारित ३२ सिट क्षमताका बस सञ्चालन गरेको छ । प्रालीले अशोक लेलैण्डका लिनएक्स स्मार्ट बसबाट चैत ८ गतेदेखि सेवा आरम्भ गरेको अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए ।


हाल २० वटा बसहरू संचालनमा ल्याइएको छ । जसमध्ये १० वटा बसहरू माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुदै कोटेश्वर पुगेर चक्रपथ परीक्रमा गर्ने र चावहिलबाट पूनः मित्रपार्क आएर सोही रुटबाट फर्किने छन् ।

बाँकी १० वटा बसले माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने छन् । २० वटा बसले सुविधा नपुग्ने भएकोले पुनः १० दिन भित्र ५ वटा बस थप्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.