हकप्रद निष्काशनका लागि एकैदिन तीन कम्पनीले दिए आवेदन, कुन कुनले दिए?

  २०७३ चैत ९ गते १६:३४     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिमको पूँजी बढाउने क्रममा बुधबार मात्रै तीन कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि आवेदन दर्ता गराएका छन् । सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्सले एकैदिन छुट्टाछुट्टै मात्राको हकप्रद निष्काशनको लागि आवेदन दिएका हुन् ।

सनराइज बैंकले ३० प्रतिशत(अर्थात १० बराबर ३ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  बैंकले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम प्रभु क्यापिटल लि. लाई दिएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले पनि ७० प्रतिशत(अर्थात १० बराबर ७ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो बैंकले ९० करोड ७६ लाख रुपैयाँ बराबरको ९० लाख ७६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एस क्यापिटल लि. लाई दिएको छ ।

त्यसैगरि, गुडविल फाइनान्सले पनि ६० प्रतिशत(अर्थात १० बराबर ६ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एनआईबीएल क्यापिटल मार्केट लि. लाई दिएको छ ।

यी तीन वटै कम्पनीले बोर्डको अनुमति पाए पछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.