अब राजनीतिक पार्टीले प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनै पर्ने, साना दललाई संकट

  २०७३ चैत ९ गते १३:४८     विकासन्युज

काठमाडौं । अब राजनीतिक पार्टीहरुले प्रत्यक्षमा एक सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने भएको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्ष तर्फ एक सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने प्रावधानसहितको राजनीतिक दल सम्बन्धी विधेयक संसदमा पुगेको हो । सो विधेयकले बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले बहुमतका आधारमा पास गरे संसदमा पठाउने निर्णय गरेको हो ।

साना दलहरुको बिरोधका बावजुद एक जना प्रत्यक्ष सांसद र ३ प्रतिशत समानुपातिक मत नल्याए राष्ट्रिय पार्टीको मान्यता नपाउने व्यवस्थासहितको मस्यौदा समितिले पास गरेको हो । निर्वाचन आयोगले भने ३ प्रतिशत थ्रेस होल्डसहितको मस्यौदा अघि बढाएको थियो । राज्य व्यवस्था समितिले एक जना प्रत्यक्ष सांसद पनि जित्नै पर्ने व्यवस्था थप गरेर विधेयक पास गरेको हो । अब साना राजनीतिक दलहरुको अस्थित्व संकटमा पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.