सानिमा बैंकले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने, चैत १८ गते बुक क्लोज

  २०७३ चैत ९ गते १३:२४     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । बैंकले सो प्रयोजनको लागि चैत १८ गने कम्पनीको बुक क्लोज रहने बताएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको नयाँ पूँजी ६ अर्ब ८९ करोड रुपैयाँ नाघ्ने छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५१२ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.