२०७३ चैत ८ गते १७:३२ विकासन्युज
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले सो मात्राको बोनस पश्चात कायम हुन आउने पूँजीमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
मंगलबार सम्पन्न कम्पनीको १५औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ६४ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५९ लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अशोक कुमार अग्रवालद्धारा प्रस्तुतआर्थिक वर्ष २०७२/७३को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३मा ८७ करोड १७ लाख २६ हजार ९ सय ६४ रुपैयाँ प्रिमियम आर्जन गरेको अध्यक्ष अग्रवालले बताएका छन् । उक्त प्रिमियम रकम अघिल्लो वर्षको तुलनामा ११.५९ प्रतिशतले बढी हो । कम्पनीका अनुसार आ.व. २०७२/७३मा इन्स्योरेन्सको खुद नाफा १५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
साथै,उक्त सभामा कम्पनीले समुह (ख) सर्वसाधारण सेयरधनीहरुबाट एक (१)जना संचालक विष्णु भण्डारीलाई संचालक पदमा निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.