नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदको लागि माग्यो बोर्डसँग अनुमति

  २०७३ चैत ८ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चैत ७ गते बोर्डसँग सो मात्राको सेयर निष्काशनको लागि अनुमति मागेको हो ।

बैंकले १ अर्ब ९९ करोड रूपैयाँको १ करोड ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको लागि बैंकले एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९६ करोड रुपैयाँ रहको छ । सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी ६ अर्ब ९६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १०९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.