प्रभु इन्स्योरेन्सको १९ लाख कित्ता हकप्रद सेयर निष्कासन, चैत ३० गतेदेखि आवेदन खुला

  २०७३ चैत ८ गते ८:५२     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले  २ कित्ता र बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्सकासन गरेको हाे । कम्पनीकाे चुक्ता पुँजी हाल ३८ करोड ५० लाख १५ हजार ७१६ रुपैयाँको छ ।

हकप्रद सेयरकाे लागि यही चैत्र ३० गतेबाट जेठ २ गतेसम्मका अावेदन गर्न सकिने कम्पनीले जनाएकाे छ । यसको सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापटिल लिमिटेड हो । यसको आवेदन प्रभु क्यापिटल कमलादी र प्रभु बैंक र यसका शाखा कार्यालयबाट आवेदन दिन पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.