कृषिका परियोजनाका आकार वार्षिक बजेटसरह, योजना धेरै कृषिक्षेत्रको प्रगति र सुधार कम

  २०७३ चैत ८ गते ८:२३     विकासन्युज

काठमाडौं । कृषि क्षेत्रमा दातृ सहयोगमा सञ्चालित कार्यक्रमहरूको रकमगत आकार सरकारकै कृषि बजेटबराबर भए पनि प्रभावकारिताबारे अध्ययन नै नभएको पाइएको छ ।

दातृ निकाय आफैंले सञ्चालन गरेका कार्यक्रमबारे केही अध्ययन गरे पनि सरकारले यस्ता आयोजनाको बृहत लेखाजोखा नै नराखेको हो । सोही कारण दाताले कार्यक्रम हस्तान्तरण गर्नेवित्तिकै त्यसको प्रगति नै अलमलमा पर्ने गरेको छ ।

चालू आर्थिक वर्षका लागि मन्त्रालयका लागि २७ अर्ब ४३ करोड रकम विनियोजन गरिएको छ । कृषि विकास मन्त्रालय मातहत २७ अर्ब ६५ करोड रकम बराबरका वैदेशिक सहायताका मुख्य १० परियोजना सञ्चालनमा छन् ।

यद्यपि, यो रकम एकै वर्षको कार्यक्रमको भने हैन । यीमध्ये अधिकांश परियोजना पाँच वर्षयताका छन् भने परियोजना अवधि अधिकतम आव ०७६/७७ सम्मका छन् । परियोजनामा सबैभन्दा धेरै लगानी विश्व बैंकको छ ।
विश्व बैंकको चार वटा परियोजनाको कुल बजेट मात्र ९ करोड ६७ लाख ५० हजार डलर (करीव १० अर्ब रुपैया) रहेको छ । दोस्रो ठूलो लगानी गर्नेमा अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड)को ७ करोड ९ लाख डलरको दुई परियोजनामा सञ्चालनमा छन् ।

जीएएफएपीको ५ करोड ७५ लाख डलर र एसडीसीको २ करोड ८० लाख डलर बराबरको परियोजना चलिरहेका छन् । एसियाली विकासको दुई परियोजनामा ३ करोड ३८ लाख डलर कुल बजेट छ ।

हाल ७५ वटै जिल्लामा संचालित व्यावसायिक कृषि तथा व्यापार आयोजना सन् २००९ देखि तत्कालीन समयमा २५ जिल्लामा सुरु गरिएको थियो । अतिरिक्त लगानीसहित ८ करोड १८ लाख ५० हजार डलरको यो परियोजना जुन २०१८ मा सकिँदैछ ।

कृषिमा दाताको बजेट
दाता कुल लागत               (डलर)
विश्व वैंक                      ९६.७५ मिलियन (९ करोड ६७ लाख ५० हजार)
एडीवी                           ३८ मिलियन (३ करोड ८० लाख डलर)
आइफाड                        ६०.९ मिलियन (६ करोड ९ लाख डलर)
जीएएफएसपी               ५७.५ मिलियन (५ कोड ७५ लाख डलर)
एसडीसी                        २.८ मिलियन (२८ लाख डलर)
स्रोतः कृषि विकास मन्त्रालय

कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.