पोखरामा पर्यटकको अवैध व्यापार, पर्यटक भिसामा आएर व्यापारदेखि रेष्टुरेन्टको मालिकसम्म

  २०७३ चैत ८ गते ७:४६     विकासन्युज

पोखरा । सरकारी अनुगमन नहुँदा पर्यटकीय सहर पोखरामा बसेर अवैध व्यापार गर्ने पर्यटक बढ्दै गएका छन् ।

पर्यटक भिसामा आएर सडकमा बसेर क्युरियो सामानको बिक्रि गर्नेदेखि रेस्टुराँ र व्यवसायिक रुपमा प्याराग्लाइडिङ गराउने पर्यटकको संख्या बढेको छ ।

पछिल्लो समयमा भिसा अवधि सकिएर पनि अवैध रुपमा बस्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

लामो समय बस्ने पर्यटकका क्रियाकलापहरुको नियमित अनुगमन नहुँदा पोखरामा गैरकानुनी रुपमा बस्ने र अवैध रुपमा कारोबार गर्ने विदेशी पर्यटक बढेका हुन् ।

कुनै घटनामा संलग्न भएको अवस्थामा पक्राउ परेर अनुसन्धान गर्दा मात्रै प्रहरीले पर्यटक अवैध रुपमा बसेको भेउ पाउने गरेको छ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.