हुन्डाईको खुला गल्फ टुर्नामेन्टको विजेता घोषित, शाहले जिते नगद पुरस्कारका साथै स्मार्टफोन

  २०७३ चैत ७ गते १६:२८     विकासन्युज

काठमाडौं । गोकर्ण फोरेस्ट रेसोर्टमा सम्पन्न सातौँ हुन्डाई खुला गल्फ टुर्नामेन्टको विजेता घोषित भएको छ । उक्त प्रतियोगितामा कर्णेल विकास शाहले ३९ अंकका साथ आङ्ग नोर्बु शेर्पालाई १ अंकले जित्दै प्रथम स्थान हासिल गरेका छन् । शाहले पुरस्कार स्वरुप १ लाख रुपैयाँ बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् ।

त्यस्तै, ३८ अंकका साथ आङ्ग नोर्बु शेर्पाले दोश्रो स्थान हासिल गरेका छन् । उनले ४ बर्डिजका साथ सर्वाधिक बर्डिज र १० हजार बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । मेजर निश्चल जङ्ग रायमाझीले तेश्रो स्थान हासिल गरेका छन् । साथै निर्मल दाहाल र ध्रुव थापालाई टाईमा जितेर उनले ३६ अंकका साथ सो स्थान जितेका हुन् । दाहालले दोश्रो हाफमा १६ अंक, थापाले १५ अनि रायमाझीले १७ अंक हात पारेका छन् ।

वाङ्गचेन ढोन्डुपले ३३ अंक जितेर ग्रस ट्रोफीका साथै ५० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् ।

हुन्डाई वनरतर्फ जाम्लिङ घले पहिलो भएका छन् भने उनले ३४ अंक हात पारेकी थिइन् । साथै, उनले २० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेकी छन् । लंगेस्ट ड्राइभको पुरस्कार संयोग शाही, क्लोजेस्ट टु दि पिनको पुरस्कार आङछिरिङ शेर्पाले जितेका छन् । प्रतियोगितामा एक सय १५ एमेच्योर गल्फरले भाग लिएका थिए ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरे र क्याप्टेन जोशेफ न्याथनले उक्त प्रतियोगितको विजेताहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.