३ अर्बको १० करोड किलो विदेशी प्याज नेपालीका भान्छामा

  २०७३ चैत ६ गते १८:१७     विकासन्युज

काठमाडौं । के तपाइँले आफ्नो भान्छामा पाक्ने प्याज स्वदेशी हो वा विदेशी भनेर कहिल्यै ख्याल गर्नु भएको छ ?

तपाइँ हाम्रै भान्छामा पाक्ने तरकारीमा स्वाद भर्न बर्षेनी अरबौं नेपाली रुपैंयाँ बाहिरिरहेको छ । गत आर्थिक बर्ष २०७२/७३ मा मात्रै ३ अर्ब १८ करोड ६२ लाख २४ हजार ७ सय ८० रुपैंयाँ मूल्यमा १० करोड ५ लाख ८ हजार २ सय ४४ किलो प्याज नेपाल भित्रिएको छ ।

जबकी पाँच बर्ष अघि अर्थात आर्थिक बर्ष २०६८/६९ मा एक अर्ब १७ करोड पैंयाँमा ८ करोड ३२ लाख किलो प्याज आयात भएको थियो । यो क्रम बर्षेनी वृद्धि भैरहेको छ । आव ६९/७० मा एक अर्ब ८५ करोडको ९ करोड ४६ लाख किलो प्याज आयात भएको थियो । आव २०७१/७२ मा ३ अर्ब ७६ लाखको ९ करोड ६२ लाख किलो प्याज आयात गरिएको थियो ।

गत आवमा नेपाल भित्रिएको प्याजको औषत मूल्य प्रति केजी ३१ रुपैंयाँ ७० पैसा पर्न आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.