सीजी मोटोकर्पले ल्यायो तीन दिने सुजुकी एक्स्चेञ्ज मेला

  २०७३ चैत ६ गते १६:२९     विकासन्युज

काठमाडौं । सुजुकी मोटरको आधिकारिक विक्रेता सीजी मोटोकर्पले तीन दिने ‘सुजुकी एक्स्चेञ्ज मेला’ योजना ल्याएको छ । यस तीनदिने योजना मार्फत ग्राहकलाई झन्झट मुक्त कागजपत्र, सरल र कम किस्ताबन्धीको व्यवस्था गरिने कम्पनीले जनाएको छ ।

उक्त योजना मार्फत ८.९९ प्रतिशत न्युन व्याजदरमा फाईनान्स सुविधा साथसाथै पुनबिक्री सुविधा, सरल एक्स्चेञ्ज, एक्स्चेञ्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ्ग र ४ वर्ष वारेन्टिको सुविधा प्राप्त गर्न सकिने छ ।

कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत ब्रिजा जेडडिआई मोडलमा विक्री मुल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.