‘बजाज डोमिनार ४००’ नेपाली बजारमा, मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ मात्र

  २०७३ चैत ६ गते १३:३५     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू ‘बजाज डोमिनार ४००’ बाइक बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा सो बाइकको मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यसमा आधुनिक चेसिस इन्जिनियरिङका साथमा ३७३ दशमलव ३ सीसीको ट्रिपल स्पार्क डीटीएसआई इन्जिन रहेको छ । यसमा ३५ पीएस २८००० आरपीएम आठ अधिकतम टर्क ३५-एनएम-२६५०० सम्म दिन सक्ने क्षमता रहेको छ । यसमा ६ स्पिड गियरबक्स र स्लिपर क्लच राखिएको छ भने यसले १ सय ४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्छ ।

डोमिनार ४०० ले शून्यदेखि सय किलोमिटर प्रतिघण्टाको गति केवल ८ दशमलव २३ सेकेन्डमा नै तय गर्न सक्ने कम्पनीको भनाइ छ । यसले ४६ दशमलव १९ मिटरमा सय किलोमिटर प्रतिघण्टाबाट शून्यमा ब्रेकिङ गर्न सक्छ । यसमा भएको एड्भान्स लिक्विड कुलिङ सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राका लागि सहज बनाउँछ ।

यसमा ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । यसमा रहेको डुअल च्यानल एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) ले ब्रेकिङलाई सुरक्षित बनाउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस बाइकमा ११०/७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलओए ह्वील राखिएको छ । डोमिनार ४०० पेरिमिटर सशक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टिल स्विङआमले सशक्त यात्राको अनुभूति दिन्छ ।

यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टी स्टेप एड्जस्टेबल मोनो सक राखिएको छ । डोमिनार ४०० मा बाइकको श्रेणीमा फुल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले युनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ ।

सानदार आकार र अवस्थिति गर्दै बजाज डोमिनारको लम्बाइ २ हजार १ सय ५६ एमएम, चौडाइ ८ सय १३ एमएम तथा १ हजार १ सय १२ एमएमको उचाइ प्रदर्शित गरिरहेको छ । यस बाइकमा १ हजार ४ सय ५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको कुल तौल १ सय ८२ केजी रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.