बस्तुगत उपाध्यक्षमा शंकर पाण्डेको उम्मेदवारी घोषणा

  २०७३ चैत ६ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचतमा बस्तुगत समूहको उपाध्यक्ष पदमा शंकर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । बरिष्ठ उपाध्यक्ष किशोर प्रधानको समूहको तर्फबाट उनले शनिबार उम्मेदवारी घोषणा गरेका हुन् ।

पाण्डेको उम्मेदवारी घोषणा सभामा प्रधान, महासंघमा पूर्व अध्यक्षहरु सुरज बैद्य, कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहित विभिन्न बस्तुगत संघको पदाधिकारीहरुको उपस्थिति थियो ।

सभामा बाेल्दै अध्यक्षहरु  बैद्य, जोशी, श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले पाण्डेले महासंघमा धेरै वर्ष काम गरेकाे र खासगरी नेपाली पश्मिनालार्इ विश्व बजारमा ब्राण्डिङ गर्नेतर्फ उल्लेख्य काम गरेकाे बताउँदै उनलार्इ जिताउन सहयाेग गर्ने बताए ।

प्रधानको समूहबाट जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने एशोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.