एनबिआइले शुरु गर्यो दीक्षान्त समारोह, बैंकका कर्मचारीको क्षमता बृद्धि गर्ने

  २०७३ चैत ३ गते १६:०३     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआइ) ले नेपालमै पहिलो पेशागत बैंकिङ्ग सर्टिफिकेसन कोर्स सम्बन्धि दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहको उद्धघाटन तथा उत्र्तिण परिक्षार्थीलाई राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले प्रमाण पत्र वितरण गरेका थिए ।

कोर्षअन्तर्गत प्रिन्सिपल अफ बैंकिङ, एकाउन्टिङ एण्ड फाइनान्स फर बैंकर्स एण्ड लिगल एण्ड रेगुलेटरीजस्ता पुस्तकहरु पेशागत बैंकिङ कर्मचारीलाई अध्ययन गराइने कम्पनीले जनाएको छ ।

एनबिआइले बर्षको दुई पटक यस्तो कोर्षको परीक्षा लिने ब्यवस्था गरेको छ । करिव एक हजारभन्दा बढि कर्मचारीले परीक्षाका लागि नाम दर्ता गराएका कम्पनीले बताएको छ ।

एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकले आफ्ना कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि कोर्षको निक्कै महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.