विश्व बैंकका कार्यकारी निर्देशकले गरे चन्द्रागिरिको भ्रमण, दुर्विनबाट सगरमाथाको दृश्यावलोकन

  २०७३ चैत २ गते १८:४०     विकासन्युज

काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको नीजि क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुना योग्य परियोजना भएको बताए ।

साथै, उनले यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उधोगलाई प्रवद्र्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा राखेका छन् । यस्तो उदाहरणीय कार्य गरेकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हिल्स समुहको उच्च प्रशंसा गर्दै निर्देशक हदियान्तोले सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
भ्रमण टोलीमा विश्व बैंकका नेपाल स्थित प्रतिनिधि रेहन रसिदे उपस्थिती भएका थिए । भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् संचालक हेमराज ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराएका थिए ।

ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.