बजाजले ल्यायो नयाँ वर्षे योजना, बजाजका बाइक खरिदमा विशेष छुट

  २०७३ चैत २ गते १४:०९     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना ‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको छ । कम्पनीले ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

नेपाल भौगोलिक विविधता तथा संस्कृति र परम्पराहरुको धनी मुलुक हो । यो सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको छ । शक्तिशाली बडी भएकोले बजाज मोटरसाइकल कुनै पनि भौगोलिक बिबिधताका स्थानहरुमा भ्रमणका लागि सबै भन्दा उपयुक्त मोटरसाइकल बनेको छ । त्यसैले गर्दा विभिन्न रोमान्चक स्थानहरुको यात्रा गर्न र परम्पराहरुका साथै ऐतिहासिक महत्वको जानकारी लिनका लागि सबैलाई अभिप्रेरित गर्नेछ ।

यो अभियानका विशेषताहरुमा ‘रु.७४०० स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७४०० रुपैयाँ नगद छुट पाउनेछन् । त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि ७४ हजार रुपैयाँ भ्रमण खर्च स्वरुप जित्न सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक, शेखर गोल्छाले भने, यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ । हामी निश्चिन्त छौं की सुन्दर रमणीय नेपाल स्कीमले समस्त नेपालीहरुलाई नेपालको प्राकृतिक सौन्दर्यका बारेमा थाहा पाउन र अनुभव हासिल गर्न सहयोग पुग्नेछ । हामी सँधै हाम्रा महत्वपूर्ण ग्राहकहरुका लागि रोमाञ्चक र सजिलो स्कीमहरु ल्याउन प्रतिबद्ध छौं र नयाँवर्ष यसको लागि सबैभन्दा उपयुक्त समय हो । यसअघिका धेरै स्कीमहरु जस्तै यो नयाँ स्कीम पनि निकै लोकप्रिय हुने अपेक्षा गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.