साङयङको ‘ड्राइभ द लक्जरी’ टेस्ट ड्राइभ नबिल बैंकबाट शुरु, गाडी खरिदमा भारी छुट

  २०७३ चैत १ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपालको लागि कोरियन प्रिमियम गाडी निर्माता साङयङ मोटर्सका एकमात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले मंगलबार दरबारमार्ग अवस्थित एनआइबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने अवसर रहेको कम्पनीले जनाएको छ । यस कार्यक्रम सँगै उपत्यकाका अन्य विभिन्न बैंकहरुमा गई टेस्ट ड्राइभ गराउने कम्पनीको योजनाको पनि सुरुवात भएको छ ।

कम्पनीका अनुसार उक्त कार्यक्रममा सहभागी हुने हरेकलाई कम्पनी टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरुका साथै खरिदमा भारी छुट र एक्स्चेन्ज्मा विशेष डिलहरु समेत प्रदान गरेको थियो । साथै, अन्य आकर्षक अफरहरु जस्तै २ वर्षको वारेण्टी, १ वर्षको निःशुल्क रोड ट्याक्स्, तथा २ वर्षको निःशुल्क सर्भिसिङ्ग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.