स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको माग उच्च, पहिलो दिनमै २ लाख ३० फारम वितरण

  २०७३ चैत १ गते १६:२४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निश्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)को माग उच्च देखिएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सञ्चालन अधिकृत कमल नेपालका अनुसार चैत १ गतेसम्म २ लाख ३० हजार आवेदन फारम वितरण भएको छ ।

‘आवेदन फारमको माग अत्याधिक रह्यो । आवदेन खुला भएको पहिलोदिन साँझसम्ममा २ लाख ३० हजार फारम वितरण भएको छ । संकलन केन्द्रहरुबाट अनुमान गरेभन्दा बढी फारम माग भएपछि थप फारम प्रिन्ट गर्न अडर गरेको छौं’ नेपालले भने ।  आश्वा प्रणाली लागू भएकोले निष्काशन तथा बिक्री प्रबन्धले छाप्ने फारमको माग कम होला भन्ने सोचेको तर पहिला भन्दा बढी फारमको माग आएको उनले बताए ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो ।
बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.