विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङले दिइन् १४ लाख रूपैयाँ सहयोग

  २०७३ चैत १ गते १०:११     विकासन्युज

काठमाडाैं । आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गरेकी छिन् । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उनले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गरेकी हुन् ।

सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन् । उनले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठूलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.