२ हप्तामा २० लाख पटक हेरियो ‘नाई मलाई थाहा छैन’, उत्कृष्ट भिडियोलार्इ एकलाख पुरस्कार

  २०७३ फागुन ३० गते २१:४८     विकासन्युज

टिका प्रसाईं र सञ्जीब पराजुलीको स्वर रहेको गीतनाई मलाई थाहा छैन (क्लव मिक्स) गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै २० लाख भन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय युट्युबमार्फत चर्चामा आएको डान्स ग्रुप ‘कार्टुन्ज क्रिउ’ र अर्की चर्चित मोडेल ‘एलिशा राइ’ ले अभिनय गरेको यो भिडियो सार्वजनिक भए पश्चात भने ‘नाई मलाई थाहा छैन’ को क्रेज निकै बढेको छ । हेमन्त रानाको साइली गीत पछि युट्युबमा अत्यधिक चर्चामा रहेको गीत ‘नाई मलाई थाहा छैन’ अहिले सुपरहिट हुँदै भाइरल भएको हो ।

गायकद्वयको ‘सँगसँगै’ एल्बममा समावेस यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एरेञ्जर आशिष अविरल हुन् । यसै गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेन्सी’ को प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै सञ्चालित छ । प्रतियोगितामा भिडियो पठाई सक्नुपर्ने अन्तिम दिन ३१ मार्च २०१७ राखिएको छ । यस प्रतियोगितामा भाग लिने सहभागीहरुमध्ये युट्युब भिवर र जजको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एकलाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको लागि पालन गर्नुपर्ने नियमहरु गायकद्वय सञ्जिब पराजुली ( facebook.com/SanjibParajuli) र टीका प्रसाईं (facebook.com/Tika.Prasain.Music ) को फेसबुक पेजमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.